मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको चलचित्र ‘रातो घर’को ट्रेलर रिलिज भएको छ ।जेष्ठ १९ गतेलाई रिलिज डेट लक गरिएको विल्सन विक्रम राई अभिनित फिल्म सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । छोटो भएपनि सार्वजनिक ट्रेलरमा विल्सनको दमदार प्रस्तुती देख्न सकिन्छ । ‘रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।
https://www.youtube.com/watch?v=EHNySmkU6NA
चलचित्र ‘रातो घर’को सार्वजनिक ट्रेलरमा कलाकारको दमदार प्रस्तुती
