Tue. Apr 16th, 2024

चलचित्र लभ लभ लभ पछि दोस्रो फिल्मको निर्माणको तयारीमा रहेकी निर्मात्री शर्मिला पाण्डेले शुक्रबार प्रेस मिट गर्दै दोस्रो फिल्म निर्माणको घोषणा गरिन
फिल्म ‘लभ लभ लभ’ले दर्शक र समिक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएका कारण दोस्रो फिल्म निर्माण गर्न लागेको निर्मात्री शर्मिला पाण्डेलले जानकारी दिइन् । लाखौ रुपैयाँ खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुद्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपाली जंगली जनावरको सिकार पनि हुन्छन् । कतिपय समुद्रमा डुंगा डुबेर गोही र सार्कको सिकार हुन्छन् । कतिपय अमेरिका आउनुअगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यति धेरै जोखिमबीच पनि मेक्सिको हुँदै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रम घट्दो छैन, बरु बढ्दो छ । यही विषयवस्तुमा आधारित भएर ५ करोडको लागतमा नेपाली फिल्म निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद’, ‘लभ लभ लभ’ निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने अनटाइटल प्रोजेक्टको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । ‘लभ लभ लभ’ फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे र निर्मात्री शर्मिला पाण्डेको लगानीमा बन्ने यो फिल्मको नाम चाँडै घोषणा गर्ने निर्देशक खनालले जानकारी दिए ।
फिल्मको लिड रोलमा लेखक तथा कलाकार खगेन्द्र लामिछाने मात्र फाइनल भएका छन् भने बाँकी अरु दुई मुख्य कलाकारहरु भने छनौट हुन बाँकी छ । ‘लभ लभ लभ’ मा मुख्य भूमिकामा निर्वाहा गरेको आफ्नो छोरा सुरज पाण्डे यो फिल्ममा नहुने निर्मात्री शर्मिला पाण्डेलले जानकारी दिइन् ।उनका अनुसार, यो फिल्मपछि बन्ने तेस्रो प्रोजेक्टमा भने सुरज लिड रोलमा रहनेछन् । अनटाइटल यो फिल्ममा सुरज पाण्डे प्रोडक्म्सन हेडको रुपमा रहेका छन् । मंसीर १५ बाट फिल्मको सुट सुरु हुनेछ ।फिल्मको छायांकन नेपाल हुँदै भएर इन्डिया, थाईल्यान्ड, ब्राजिल, कोलम्बिया, मेक्सिको हुँदै अमेरिकाको टेक्साससम्म हुने निर्देशक खनालले कार्यक्रममा बताए । सुरज सिने आट्स र दीपेन्द्र के. खनाल प्रोडक्शनबाट निर्माण हुने यो फिल्मको कथा निर्देशक खनाल आफैले तयार पारेका हुन् ।

Leave a Reply

%d bloggers like this: