Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
भोलि अर्थात् फाल्गुन १३ गते देखि प्रदर्शनमा आउदै छ चलचित्र “लुट २” । चलचित्र निर्माण पक्षेको मनमा मात्र होइन अधिकांश नेपालीहरुको मनमा पनि अधिक उत्सुकता रहेको छ । चलचित्रका निर्माता माधव वाग्लेले चलचित्रले सबै रेकर्ड तोड्ने कुराको दाबी पनि गरिसकेका छन् । तर चलचित्रको ट्रेलर सार्वजनिक भए संगै चलचित्रले रेकर्ड तोड्ने क्रम सुरु गरेको हो । अहिले आएर भने चलचित्रले अर्को रेकर्ड बनाएको छ । प्रशंग हो गीत संगीत को ।
चलचित्र “लुट २” को “ठमेल बजार” बोलको गीतले युटुबमा १ करोड भन्दा बढी भिवर्स पाएर नया रेकर्ड कायम गरेको छ । निकै कम समयमा नै चलचित्रको यस गीतले यो नया रेकर्ड कायम गर्न सफल भएको हो । मिना निरौला र कालीप्रसाद बास्कोटाको स्वरमा सजिएको यस गीत यतिबेला सबैको मनमा बसेको छ ।
निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा नेपालका स्टारकास्ट भरिभराउ छ । उनको अनुसार दर्शकहरुको लागि “लुट २” एउटा पूर्ण मनोरंजनको पोको हो । चलचित्र “लुट” को यो दोस्रो भाग “लुट २” कस्तो बनेको छ र दर्शकहरुले के कस्तो प्रतिक्रिया दिनुहुनेछ त्यो थाहापाउनको लागि भने भोलि नै कुर्नु पर्ने हुन्छ । तर चलचित्रले सिनेमा घरहरुमा निकै धेरै शो पाएको छ । यो हिसाबले पनि चलचित्रले केहि फरक कृतिमानी कायम गर्ने कुराको अनुमान भने लगाउन सकिन्छ ।
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: