Wed. May 14th, 2025

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली चलचित्र क्षत्र प्रति अहिलेको युवा पिडिको माया मोह निकै हद सम्म बढेको पाइएको छ । यसको ज्वलन्त उदहारण देखियो चलचित्र “ग्याङ्गस्टार ब्लूज” टिमले सहायक पात्रको लागि गरेको अडिसनको दिन । पुस २५ गते सोमवार अनामनगर स्थित मण्डला थिएटरमा चलचित्र टिमले आयोजना गरेको अडिसन कार्यक्रममा युवाहरुको जमात हेर्न लाएक देखियो । त्यो जमात अनि भिड हेरेर कसैले पनि भन्ने सक्छ कि नेपाली चलचित्रलाई माया गर्ने व्यक्तिहरुको संख्या नेपालमा कदापी पनि कम छैन ।
niraj chaudhary
चलचित्र “ग्याङ्गस्टार ब्लूज” को सहायक पात्रको अडिसनको लागि करिब ४०० बढी व्यक्तिहरुको त्यहाँ उपस्थिति रहेको थियो । चलचित्रका निर्देशक , निर्माता तथा कलाकारहरु बसेर सबैको अडिसन लिएका थिए । चलचित्रको अडिसनको लागि युवा युवती मात्र नभएर बालकहरुको पनि त्यहाँ उपस्थिति देखियो । आयोजित अडिसनमा सहभागी हुन झापा देखि धनगढीसम्मबाट युवा युवतीहरु आएको देखियो ।
gangster blues audition2
चलचित्रको अडिसनको दौरानमा मुख्य रुपमा डायलग डेलिभरी, शारिरिक हाउभाउ, क्यामेरा (आईकन्ट्याक) जस्ता विषयलाई मुल आधार बनाएर त्यहाँ सहभागी व्यक्तिहरुको चेक जांच गरिएको थियो । यस्तै चलचित्रको अडिसन सकिए पश्च्यात निर्माता सरोज न्यौपानेले अब चाडै नै छनोटमा पारेका व्यक्तिहरुको नामावली सार्वजनिक गरिने जानकारी दिएका छन् ।
gangster blues audition4
gangster blues audition3
चलचित्र टिमले गरेको यस किसिमको अडिसनमा सहभागी हुने व्यक्तिहरुमा एक किसिमको उत्साह देखिन्थियो । यस्तै यो अडिसनले हाम्रो देश नेपालमा लुकेर बसेका प्रतिभाहरुलाई बाहिर निकाल्नुको साथै हाम्रो देशमा प्रतिभाको कमि छ भनेर भनि हिड्ने व्यक्तिहरुको मुखमा समेत ताला लगाएको कुरा निर्देशक हेमराज बिसीले बताएका छन् । यस्तै यो किसिमको अडिसन कार्यक्रम अरु निर्माताहरुले पनि गर्नु पर्ने र हाम्रो देशको प्रतिभाहरुलाई बाहिर निकाल्नु पर्ने जरुरी समेत रहेको कुरा पनि उनले टिप्पणी गरेका छन् ।
gangster blues audition1
यस्तै चलचित्र यहि आउदो फाल्गुनको पहिलो साता देखि फ्लोरमा जाने कुरा निर्माता सरोज न्यौपानेले बताएका छन् । यसै गरि चलचित्रका लागि यस अघि नै मुख्य पात्रमा आशिरमान देशराज , आना शर्मा , रोजिशा शाहि ठकुरी र संयम पुरी फाईनल भइसकेका छन् ।

Leave a Reply