Tue. Apr 30th, 2024

क्यालिफोर्नियाको नापा उपत्यकामा यो फर्सी फलेको थियो । यसको तौल करिब ९ सय २१ केजी छ । फर्सीलाई मुख उज्याएर अन्य जीव खान तत्पर जनावरको टाउकोजस्तो बनाइएको छ । अन्य ससाना फर्सीलाई भ्यागुता, मौरीलगायतका आकृतिमा ढालिएको छ । बोटानिकल गार्डेनका एक अधिकारीले भने, ‘मांसाहारी तरकारी बनाऔँ न त भन्ने कुरो आएपछि यो अवधारणाको विकास भएको हो ।’ यो कलाकृति ‘हन्टेड पम्पकिन गार्डेन’ नामक प्रदर्शनका लागि तयार पारिएको हो । प्रदर्शनीमा फर्सीबाट बनेका विभिन्न पाँच सय खाले कलाकृति राखिएका छन् । माकुरो, सर्पलगायत विभिन्न जीवका डरलाग्दा आकृतिमा फर्सीहरूलाई बदलिएको छ ।

%d bloggers like this: