Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा पनि नेपाली चलचित्रको स्तर निकै माथि सम्मको पुगेको छ | कुनै समयमा खस्केको नेपाली चलचित्रको बजार यति बेलामा अहिलेको नेपाली चलचित्रले विस्तार गरिरहेको छ | नया कलाकार देखि निर्माता देखि नया निर्देशकहरुको आगमनले पनि अहिले नेपाली चलचित्रमा नया सोचको पनि प्रवेश हुन थालेको छ | केहि समय अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र “बिजुली मेसिन” ले नेपाली दर्शकहरु माझमा नया उत्साहको साथमा नया पिडिको सोचलाई पनि केहि हद सम्म परिवर्तन गरेको छ |
कोसिस गर्यो भने सबै कुरा सम्भव हुन्छ भन्ने खालको मूल संदेश बोकेको चलचित्रले अहिलेको हाम्रो देशको मूल समस्या लोडसेडीङको बारेमा समाधानको कुराहरुको खुलासा गरेको छ | त्यस्तै चलचित्रले अहिलेको युवा पिडिको साथमा सम्बन्धित निकायको पनि ध्यान आकर्षण गरेको छ | चलचित्रले दर्शकहरुको राम्रो साथ पाएको छ | यस्तै नेपाली चलचित्र क्षत्रका बिशिष्ट व्यक्तिहरुले पनि चलचित्रको खुलेर प्रशंसा गरे भने निर्देशक नविन अवाललाई सम्भावना बोकेको निर्देशकको उपाधि समेत दिए |
यहि हौसला र नया सोच अनि जोश जाँगरको साथमा अगाडी बढेका निर्देशक नविन अवालले अब फेरी अर्को नया चलचित्रको तयारी गरिरहेका छन् | हामी युवा जना शक्ति यति बेला हाम्रो देशमा समेत अधिक खाँचो भएको र युवाले नै केहि गर्ने कुराको मान्यता राख्ने उनले अहिले आफ्नो नया चलचित्रको लागि नया कलाकारहरुको पनि खोजि कार्य सुरु गरिरहेका छन् | अबको आफ्नो चलचित्र पनि पहिले भन्दा फरक शैलीमा रहने र रोमान्स जेनेरमा भएता पनि त्यसमा केहि पृथक कुराको समावेश हुने कुरा उनले उल्लेख गरेका छन् |
अब उनि एक पछि अर्को नया चलचित्र निर्माणको तयारीमा कम्मर कसेर लागिपरेका छन् | त्यस्तै उनले आफ्नो पहिलो प्रयासलाई यति धेरै माया अनि साथ् दिनु भएकोमा दर्शकहरुलाई हृदय देखि नै धन्यवाद समेत ज्ञापन गरेका छन् | यसै गरि उनले आफु नया सोच बोकेर अगाडी बढिरहेको र अहिलेको दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर चलचित्रको निर्माण गर्ने विश्वास ब्यक्त गरेका छन् | यस्तै उनले आफ्नो कामलाई सहि ढंगले मुल्यांकन गरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: