Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको अहिलेको बदलिदो परिवेश संगै नया कलाकारहरुको आगमन समेत निकै तिब्र हुन थालेको छ | नया जोश जागर र नया सोचको साथमा अगाडी बढ्दै गईरहेको नेपाली कलाकारहरुको हाम्रो नेपाली गीत संगीत क्षत्रमा कमि भने छैन | त्यसै गरि रहरले मात्र नेपाली गीत संगीतमा आएका र पलाएन भएका कलाकारहरु र धेरै कुराको ज्ञानको साथमा पूर्ण अभ्यास गरेर पनि यस क्षत्रमा पाईला राखेका कलाकारहरुको पनि हामी माझमा ठुलो भिड रहेको छ |
dipen-khimdung-rai
यस्तै धेरै कलाकारहरुको भिडमा एक नव कलाकार हुन् गायक दिपेन खिम्दुङ राई | उनि युवा कलाकारहरुको सुचिमा पर्दछन् | सानै देखि नेपाली गीत संगीतमा आफ्नो कर्म गर्ने उनको इच्छा हुदा समेत उनले धेरै लामो समयको ज्ञान र साधना पछि नेपाली गीत संगीतमा अब आफ्नो पाईला राख्ने तयारीमा रहेका छन् | उनको अब चाडै नै पहिलो “दर्शन” नामक एल्बम दर्शक श्रोता माझमा सार्वजनिक हुने तयारीमा रहेको छ | उनले दिएको जानकारी अनुसार उनको एल्बमको सबै कामहरु सकिसकेको छ | अब गीतको भिडियोको केहि छायांकनको कामहरु बाकी भएकोले अहिले त्यसमा नै धेरै ध्यान दिइरहेको कुरा समेत उनले बताए |
15555977_1060342327444302_511847254_n
आफु समेत युवा भएको र अहिलेको तत्कालिन गीत संगीत माहोललाई निकै मजाले जाने बुझेका बताउने उनले आफ्नो गीतहरु दर्शक श्रोताहरुको टेस्टलाई मध्य नजर गरेर तयार गरेको कुरा पनि बताए | दर्शक श्रोता माझमा आफ्नो प्रस्तुति पहिलो भए पनि कोहि पनि निराश भने हुनु नपर्ने विश्वास उनले ब्यक्त गरेका छन् | नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकता राखेका उनले सधैब आफ्नो सारा जीवन नेपाली गीत संगीतमा नै व्यतित गर्ने कुरा समेत उल्लेख गरेका छन् | आफ्नो प्रस्तुति हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: