Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीत क्षत्रमा नया प्रस्तुति र नया कलाकारहरुको आगमन तिब्र हुन थालेको छ | दर्शक श्रोताहरुलाई पनि यो कुराले अधिक फाइदा मिलेको छ | यहि हिसाबमा नया सोच अनि नया प्रस्तुति लिएर आउने कलाकारहरुको सुचिमा पर्ने एक गायक हुन् भिसन राई | उनि प्रतिभावान गायको रुपमा परिचित पनि छन् | उनले निकै कम समयमा दर्शक श्रोताहरुको मनमा आफ्नो छुट्टै पहिचान समेत बनाईसकेका छन् | उनको स्वरले अधिकांश दर्शक श्रोताहरुको मन छोइसकेको छ |
bhisan-rai
यहि हिसाबमा अगाडी बढ्दै उनले आफ्नो नया धराने सोल्टिनी नामक एल्बम दर्शक श्रोता माझमा सार्वजनिक गरेका छन् | बुधवार काठमाडौँमा आयोजित एक भब्य कार्यक्रम बीच उनले आफ्नो उक्त एल्बम सार्वजनिक गरेका हुन् | उनको कार्यकममा सहभागी हुनको लागि नेपाली कला साहित्यका बिशिष्ट व्यक्तिहरुको साथमा अधिकांश पत्रकारहरुको पनि उपस्थिति रहेको थियो | उनले कार्यक्रममा आफ्नो एल्बमको बारेमा बिष्तृत जानकारी समेत दिएका थिए | सबै खालका गीत र सबै बर्गलाई उपयुक्त गीतको निर्माण आफुले यस एल्बममा गरेको कुरा समेत उनले बताएका छन् |
bhisan-rai
लामो समय देखि नेपाली गीत संगीतमा अग्रसर भएर लागिरहेका उनको यो दर्शकहरुको लागि सुनौलो कोसेली साबित हुन सक्दछ | उनले नेपाली चलचित्रमा समेत आफ्नो सुमधुर आवाजको जादु चलाईसकेका छन् | उनको स्वरको आज थुप्रै दर्शक श्रोताहरु प्रशंसक समेत हुनुहुन्छ | नेपाली गीत संगीतलाई पहिलो प्राथमिकतामा राख्ने उनले आफ्नो सारा जीवन नेपाली गीत संगीतमा नै व्यतित गर्ने कुरा समेत उल्लेख गरेका छन् | दर्शक श्रोताहरुको टेस्ट र चाहनालाई राम्रो संग बुझेका बताउने उनले अब अगाडी आगामी दिनहरुमा निकै नै राम्रो प्रस्तुति लिएर आउने कुरा उनले स्पष्ट पारेका छन् |
bhisan-rai
युवा गायकको रुपमा स्थापित उनि सधै अरु भन्दा केहि फरक कुरा प्रस्तुत गर्न सक्ने क्षमता भएका व्यक्ति हुन् | उनको सोच र शैलीमा धेरै नयापनको आभास हुन आउछ | दर्शक श्रोता भगवानको स्वरूप रहेको बताउने उनले आफ्नो प्रस्तुतिहरुलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई सहि ढंगले औल्याएर आफुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुने दर्शक श्रोता माझ हृदय देखि बिनम्र अनुरोध समेत गरेका छन् |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: