Thu. Jan 23rd, 2025

चलचित्र “पुरानो डुंगा” ले आज तेस्रो दिन पनि आफ्नो सफलताको यात्रा कायम राखेको छ | आज बिदाको दिन नहुदा पनि चलचित्र “पुरानो डुंगा” हेर्ने दर्शकहरु भने हलमा उत्तिकै देखियो | चलचित्र हेर्ने दर्शकहरुको संख्या भने घटेको छैन | त्यो हिसाबले चलचित्र “पुरानो डुंगा” को आज तेस्रो दिनको यात्रा सुखद रहेको छ | चलचित्र हेर्ने दर्शकहरुबाट आज पनि मिश्रित प्रतिक्रिया आइरहेको छ | अधिकांश दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन् भने केहि दर्शकहरुले भने चलचित्र सामान्य राम्रो रहेको कुरा बताएका छन् |
purano-dunga
purano-dunga
चलचित्रलाई दर्शकहरुले मनपराउनुको पछाडी चलचित्रको कथा वस्तु र कलाकारहरुको अभिनयको ठुलो हात छ | चलचित्रमा समावेश प्रस्तुति तथा सामग्री सामान्य भए पनि अधिकांश दर्शकहरुको मनमा छोएको छ | त्यस्तै चलचित्रको निर जैले रिसाउने बोलको गीतले पनि धेरै दर्शकहरुलाई हलसम्म जान मदत पुराएको छ | हलभित्र चलचित्रको उक्त गीत बज्दा सारा दर्शकहरु उठेर एकसाथ नाचेको दृश्य पनि हलमा देखिएको छ | यस्तै नायक दयाहाङ्ग राईको नया फरक भूमिकालाई पनि दर्शकहरुले आत्मसाथ गरेका छन् | चलचित्रमा माओत्से गुरुङ र मेनुका प्रधानको अभिनयलाई भने सबैले उत्कृष्ट बताएका छन् | उनीहरुको अभिनयले धेरै दर्शकहरुको आँखामा त आँसु नै पनि लिएर आएको थियो | चलचित्र प्रति प्रतिक्रिया मिश्रित आएता पनि समग्र रुपमा भने सबैले चलचित्र राम्रो नै रहेको बताएका छन् |

purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply