Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “पुरानो डुंगा” ले आज प्रदर्शनको पहिलो दिनमा नै ठुलो सफलता हात पारेको छ | चलचित्रले देशभरको माहोलमा नै आमुल परिवर्तन लिएर आएको छ | चलचित्रले आजको दिन बित्दा सम्म राजधानीको सम्पूर्ण सिंगल थिएटर र मल्टिप्लेक्स सम्म आफ्नो कब्जा जमाएको छ | जाडोको मौसम रात झिम्मिकै पर्दा समेत चलचित्र हेर्न आउने दर्शकहरुको संख्यामा कुनै कमि आएको देखिएन | कति पय दर्शकहरुले त आजको साझ सम्म पनि चलचित्र हेर्ने टिकट नपाएको अवस्था छ | चलचित्र हेर्न गाउगाउ देखि सहर सम्मका दर्शकहरु हलसम्म आएको देखियो | चलचित्रको आज साझ सम्मको प्राप्त जानकारी अनुसार देशभरको सम्पूर्ण हल आज “पुरानो डुंगा” ले हाउसफुल शो गरेको छ | राजधानीको गोपीकृष्णको ५ वटै हाउसफुल गरेर चलचित्र पुरानो डुंगा ले बलिउड बादशाह शाहरुख खानलाई पनि पछि पारेको छ | त्यस्तै चलचित्रले आज पहिलो दिनमा काठमाडौँ उपत्यकामा मात्रै ४५ लाखको व्यापार गरेको छ | नेपाली चलचित्र जगतमा यसलाई एकदमै ठुलो बम्पर ओपेनिङ्गको रुपमा लिइएको छ | यदि यहि गतिमा चलचित्रको व्यापार अगाडी बढ्यो भने भोलिको दिनमा “पुरानो डुंगा” ले ट्रकमा पैसा बोक्नु पर्ने स्थित आउने सक्ने देखिन्छ |
purano-dunga
चलचित्रमा प्रस्तुत मार्मिक कुराहरु तथा माओत्से गुरुङ र मेनुका प्रधानको अभिनयले धेरै दर्शकहरुको मनमा राज गरेको छ | त्यस्तै चलचित्रमा प्रस्तुत नायक दयाहाङ्ग राईको भिन्नै अभिनय र उनको प्रियंका कार्की संगको रमाइलो जोडीलाई पनि धेरैले मन पराएका छन् | चलचित्रमा एउटा सामान्य परिवारको कथालाई निकै सुन्दर ढंगले चित्रण गरिएको छ जसले कसैको पनि मनमा धेरै भन्दा धेरै हद सम्म थुप्रै कुराको महसुस गराउने छ |
purano-dunga
purano-dunga
चलचित्रको आजको अवस्था हेर्दा भोलिको दिन चलचित्रको लागि ठुलो दिन हुन सक्ने रहेको छ | चलचित्रको भोलिको शो को लागि पनि आज नै टिकट बुकिङ्ग भईसकेको छ | यो हिसाबले दर्शकहरुले भोलिको दिन पनि टिकट पाउन मुस्किल देखिन्छ | चलचित्र हेरेर हल देखि बाहिर निस्केपछि दर्शकहरुले निकै नै राम्रो प्रतिक्रिया दिएका छन् |
purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: