मनोरंजनसंसार डटकम
नेपालमा अहिले नेपाली चलचित्रको छायांकन हुनु त सामान्य नै हो किन भने अहिले नेपाली चलचित्र क्षत्रमा चलचित्रको चाप निकै धेरै छ | तर बिदेशमा समेत यति बेला नेपाली चलचित्रको छायांकन निकै पारदर्शी पारामा भईरहेको छ | प्रशंग हो चलचित्र “हेप्पी डेज” को जसलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्दै हुनुहुन्छ | केहि समय अगाडी मात्रै छायांकार रामकुमार केसी, प्रमुख सहायक निर्देशक गिरीराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सन्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ लगाएतका चलचित्र युनिटको टोलि छायांकनको लागि बजार वितरक गोबिन्द शाहीको साथमा युके पुगेको थियो | त्यस लगतै केहि दिन अगाडी मात्र नायक दयाहाङ्ग राई र नायिका प्रियंका कार्की पनि त्यसै छायांकनको लागि युके पुगिसकेका छन् | अहिले चलचित्र “हेप्पी डेज” को ५ औ दिनको छायांकन युकेमा निकै राम्रो तरिकाले चलिरहेको छ | निर्देशक मिलन चाम्सले सामाजिक संजाल अन्तर्गत छायांकनका केहि तस्विरहरु सार्वजनिक गर्नुभएको छ | सार्वजनिक तस्विरमा हामी नायक दयाहाङ्ग राई र नायिका प्रियंका कार्की युकेको कुनै क्याफे नजिक अभिनय गरिरहेको देख्न सक्दछौ | सार्वजनिक तस्विरको अनुसार यति बेला युके “हेप्पी डेज” मय भएको छ |
चलचित्रको अहिले युकेमा धमाधम छायांकन भईरहेको छ | त्यस पश्च्यात चलचित्र युनिट छायांकनको लागि स्कटल्याण्ड तर्फ जाने कुरा रहेको छ | अहिले भने चलचित्र युके स्थित क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायत लोकेशनमा फिल्म सुटिङ भइरहेको छ । चलचित्रले तिहार भन्दा अगाडी मात्रै नेपालमा ५ प्रतिशत छायांकन सकिसकेको छ | उक्त ५ प्रतिशत छायांकन जसमा मात्र करिब ३ मिनेटको सिन रहेको थियो जसको लागि निर्देशक मिलन चाम्सले करिब ३० लाखको निजि सेट लगाउनु भएको थियो | यस हिसाबले चलचित्र निकै नै उत्कृष्ट बन्ने कुरा हामी सबैले सजिलै अनुमान लगाउन सक्दछौ |
चलचित्रको मेकिङ्गमा कुनै पनि किसिमको कन्जुसाई र कम्प्रोमाइज आफुहरुले नगर्ने दाबी निर्देशक मिलन चाम्सले गर्नुभएको छ | अहिले सम्मको नेपाली चलचित्रको प्रस्तुति भन्दा निकै बेग्लै आफ्नो यो चलचित्र रहने र सारा नेपाली दर्शकहरुले धेरै नया कुराको अबलोकन र महसुस यस चलचित्रमा गर्न पाउनु हुने कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | नेपाली चलचित्रको विकासको निमित्त सोचेर नै आफुले यस चलचित्रको निर्माण गर्न लागेको र अहिले सम्मको भिन्न स्वाद नेपाली दर्शकहरुले यस चलचित्रबाट पाउनु हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | त्यसै गरि उहाको अनुसार चलचित्रको छायांकनमा सबै नया प्रबिधिहरुको प्रयोग हुने कुरा रहेको छ |
अहिले सम्म कसैले नगरेको प्रयास निर्देशक मिलन चाम्सले गर्दै हुनुहुन्छ | यस चलचित्रको करिब ९५ प्रतिशत भन्दा बढी छायांकन युके , स्कटल्याण्ड लगाएतका सुन्दर ठाउँहरुमा मनोरम दृश्यहरुको साथमा हुनेछ | यो नेपाली चलचित्र क्षत्रको लागि अहिले सम्मको ठुलो उपलब्धि हुनेछ | यसका साथै नेपाली दर्शकहरुको लागि पनि यो नौलो अनुभवको साथमा खुशीको पल हुनेछ | चलचित्रलाई आउदो बर्षमा प्रदर्शन गरिने जानकारी निर्माण पक्षेले दिएको छ |
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” मा निर्माता तर्फ बिपी खनाल , भवानी शर्मा , हिराल जोशी र डा.अशोक बंसल हुनुहुन्छ | चलचित्रको निर्देशनको जिम्मा भने निर्देशक मिलन चाम्सले नै लिनुभएको छ | चलचित्रमा दयाहाङ्ग राई , प्रियंका कार्की , संजय गुप्ता , बिक्की जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहने छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहने यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रको सम्पादन तर्फ भने अर्जुन जिसीको हात रहने छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |