Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
निकै लामो समय नेपाली चलचित्र क्षत्रमा कुशल नायिकाको रुपमा चर्चित भएर अहिले आएर निर्देशन तर्फ आफ्नो पाईला अगाडी सारेकी नायिका झरना थापाको चलचित्र “ए मेरो हजुर २” ले आफ्नो छायांकन पुरा गरेको छ | चलचित्रले काठमाडौँ , पोखरा र मनाङ्ग लगाएत ठाउँमा छायांकन गरेको थियो |
a-mero-hajur
केहि समय अगाडी मात्र काठमाडौँ र पोखराको छायांकन सकेर चलचित्र युनिट मनाङ्ग तर्फ प्रस्थान गरेको थियो | चलचित्रमा अहिले सम्म नेपाली चलचित्र क्षत्रमा नभएको कुरा देख्न पाइने छ | चलचित्रले आफ्नो एउटा गीतको छायांकन मनाङ्ग स्थित सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा गरेको छ | अधिक चिसो र अरु विभिन्न कठिनाईको सामना गर्दै पनि चलचित्र युनिटले त्यहाको छायांकन सफल रुपमा पुरा गरेको छ |
a-mero-hajur
निर्माण पक्षेको जानकारी अनुसार चलचित्र भरिको छायांकनमा सबैभन्दा धेरै समस्या यस गीतको छायांकन भएको बताईएको छ | गीतमा नायिका साम्राज्ञराज्य लक्ष्मी शाहलाई हामी बोल्ड अवतारमा देख्न सक्दछौ | रोमान्टिक भर्जनमा तयार गरिएको यस गीतमा सम्राज्ञीलाई नायक सलिन मान बानियाले साथ दिएका छन् |
a-mero-hajur
विभिन्न कठिनाई तथा समस्या संग जुधेर पनि आफुहरुले छायांकन सकेको र चलचित्र निकै नै राम्रो बनेको निर्देशक झरना थापाले बताएकी छिन् | आफुले सके जति सबै जाने बुझेका कुराहरुको प्रयोग यस चलचित्रमा गरेको सम्पूर्ण दर्शकहरुलाई मनोरंजन प्रदान हुने सबै खुराकहरुको मिश्रण गरेको उनले विश्वास ब्यक्त गरेकी छिन् |
a-mero-hajur
एस के थापा प्रोडक्शनको व्यानरमा निर्माण भएको यस चलचित्रमा नायिका साम्राज्ञलक्ष्मी शाहको साथमा नव नायक सलिन मान बानियाले डेब्यु गर्दैछन् | चलचित्रमा साम्राज्ञलक्ष्मी शाह र सलिन मान बानिया संगै सलोन बस्नेत , बुद्धि तामाङ, अनुभव रेग्मी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: