Sun. Feb 23rd, 2025

मनोरंजनसंसार डटकम
केहि समय अगाडी नेपाली कुन चलचित्रले ओस्कर अवार्डको प्रतिनिधित्वो गर्ने भन्ने कुराको टुंगो लागेको छ | प्रतिस्पर्दामा उत्रेका ३ चलचित्र “कालोपोथी” , “पशुपतिप्रसाद” र “को आफ्नो” मध्य अन्तत चलचित्र “कालोपोथी” ले यो अवसर प्राप्त गरेको छ | एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेस्द्वारा सन् २०१७ मा घोषणा गरिने ८९औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड)मा कालोपोथीले नेपलको प्रतिनिधित्व गर्ने भएको हो ।
एकेडेमी अवार्डको लागी सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथाको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गर्दा “कालोपोथी” छनोट भएको चलचित्र विकास वोर्डले उल्लेख गरेको छ |

Leave a Reply