Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
फरहान अख्तर र अर्जुन रामपालको “रक अन” कसलाई याद छैन होला र | उक्त फिल्मले योङ्ग जेनेरेशनमा एक किसिमको गहिरो प्रभाव छोडेको थियो | यहाँ सम्म की त्यस फिल्मबाट नायक अर्जुन रामपाललाई नेशनल अवार्डबाट सम्मानित समेत गरिएको थियो |
दर्शकहरुमा फिल्मको शिक्वेल “रक अन २” लाई लिएर निकै धेरै उत्सुकता बढेको बेला फिल्मले भने आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | फिल्ममा पछिल्लो फिल्म जस्तै फरहान अख्तर, अर्जुन रामपाल र पूरब कोहली देखिदैछन् भने नया अनुहारमा हामी श्रद्धा कपुर र शशांक अरोडालाई समेत देख्न सक्नेछौ |
श्रद्धा कपूरलाई “आशिकी २ ” पछि फेरी एकपटक स्क्रीनमा गाईरहेको देख्ने मौका सम्पूर्ण दर्शकहरुले पाउनु हुनेछ | पछिल्लो फिल्म जस्तै यसमा पनि साथीभाईको सांगीतिक यात्रालाई देखाइने छ | सार्वजनिक पोस्टरमा अर्जुन रामपाल पहिलेको भन्दा पनि सेक्सी देखिरहेका छन् | फिल्ममा नार्थ-ईस्टको समस्यालाई देखाइने छ भने फिल्मको अधिकांश छायांकन सिलोङ्गमा गरिएको छ | फिल्म नोवेम्बरमा रिलिज हुदैछ |

Leave a Reply

%d bloggers like this: