Fri. Apr 19th, 2024

मनोरंजनससर डटकम
असोज ७ गते प्रदर्शन मिति तोकेको चलचित्र “झुम्की” ले अहिले आफ्नो प्रचार प्रसार तिब्र पारेको छ | धेरै समय अगाडी पहिलो टिजर र एक गीतको अडियो सार्वजनिक गरेको चलचित्रले केहि समय अगाडी आफ्नो ट्रेलर समेत सार्वजनिक गरिसकेको छ | सिनेमा आर्टको प्रस्तुति र अपिल बिष्ट फिल्म प्रोडकसन हाउसको निर्माण रहेको चलचित्र “झुम्की” का निर्देशक अपिल बिष्ट हुन् | चलचित्रमा नायक दयाहाङ्ग राई , रिश्मा गुरुङ , निश्चल बस्नेत , मनोज आर.सी , भोलाराज सापकोटा , प्रमोद अग्रहारी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की , प्रेम वर्षा खड्का र मलिना जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका देख्न सकिन्छ | चलचित्रमा राम बाबु गुरुङको कथा पटकथा , निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ | चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको संगीत समावेश रहेको छ |
jhumkee
चलचित्रको सार्वजनिक ट्रेलरले धेरै दर्शकहरुको मन जित्न सफल रहेको छ | नेपाली समाजको परिवेशलाई सुन्दर कथामा परिमार्जन गरेर चलचित्र “झुम्की” तयार पारिएको छ | चलचित्रले द्वन्दकालको समेत केहि झल्को देखाउने छ | चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्देशक अपिल बिष्टले ब्यक्त गर्नु भएको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: