Sat. Apr 13th, 2024

मनोरंजनसंसार डटकम
संजय दत्तको बायोपिकमा निर्माण हुन लागेको फिल्ममा आमिर खानले सुनिल दत्तको भूमिका निभाउने वाला थिए | निर्देशक राजकुमार हिरानीले केहि समय अगाडी यसको आइडिया उनलाई सुनाएका थिए जुन उनलाई मन पनि परेको थियो र उनि राजी पनि थिए एस रोलको लागि |
तर अहिले फिल्मको स्क्रिप्ट तयार भएपछि आमिर खानले फिल्म खेल्न अस्विकार गरेका छन् | फिल्ममा संजय दत्तको भूमिका रणबिर कपुरले निभाउने कुरा निकै नै पहिले नै तय भैसकेको छ | फिल्म यसै सालमा सुरु हुने कुरा थियो तर अब फिल्म २०१७ मा सुरु हुनेछ |
आमिर खान सधै फरक भूमिकामा देखिन रुचाउछन् र उनि यसै कुराबाट सबैमा परिचित समेत छन् | अब आउन लागेको उनको फिल्म दंगाल मा समेत उनले ३ छोरीको बुवाको भूमिका निभाउदै छन् | उनलाई टाइपकास्टको खतरा भएकोले पनि उनले राजकुमार हिरानीको यस चलचित्रलाई किनारा लगाएको हुन सकदछ |
पछिल्लो दिनमा संजय दत्तले आफ्नो बायोपिक बनाउने अनुमतिको लागि ५ करोड डिमाण्ड गरेको हल्ला समेत आएको थियो | तर बिशेष सुत्रले यो हल्ला मात्र रहेको यसमा कुनै सत्यता नरहेको खुलासा गरेको छ | यस्तै बिशेष सूत्रको अनुसार संजय दत्तले आफ्नो बायोपिक निर्देशक राजकुमार हिरानीलाई बनाउन दिएको र यसको बदलामा उनले “मुन्नाभाई” सीरीज को तेस्रो “फिल्म ‘मुन्ना भाई चले अमेरिका” मा काम गर्ने कुरा खुल्नमा आएको छ |

Leave a Reply

%d bloggers like this: