Mon. Feb 24th, 2025

मनोरंजनसंसार डटकम
निर्मात्री उमा बेबीको निर्माणमा बन्न लागेको अनटाईटल प्रोजेक्टको राजधानीमा शुक्रबार एक कार्यक्रम बीच घोषणा गरिएको छ | चलचित्रलाई निर्देशक शबिर श्रेष्ठले निर्देशन गर्ने छन् | यो भन्दा अगाडी उनले थुप्रै सुपरहिट चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका छन् | उनि नेपाली चलचित्र क्षत्रका अब्बल निर्देशकको रुपमा समेत स्थापित छन् | यस्तै नाम नतोकिएको यस चलचित्रमा निर्मात्री उमा बेबीले आफ्नो सुपुत्री १६ बर्षे शिवानी गिरीलाई डेब्यु गराउन लागेकी छिन् | यसका साथै उनि संगै अभिनेता भुवन केसी र नम्रता योगीको समेत चलचित्रमा मुख्य भूमिका रहने छ |
‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत रहेकी सिक्किममा बस्दै आएकी उमाकी १६ बर्षे छोरी शिवानीको जन्मदिनको अवसर पारेर निर्मात्री उमा बेबीले यस चलचित्रको घोषणा गरेकी हुन् | केहि दिनपछि अर्को एक विशेष कार्यक्रम सहित फिल्मको नाम तथा विषयवस्तु सार्वजनिक गरिने भनिएको अनटाईटल प्रोजेक्टमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व समावेश हुने पक्का भईसकेको छ ।

Leave a Reply