Thu. Jan 23rd, 2025

मनोरंजनसंसार डटकम
rustom-vs-mohenjo-daro-clash
यो हफ्ताको शुक्रबार पर्दामा एकसाथ २ बलिउड स्टार अक्षयकुमार र ऋतिक रोशन आफ्नो चलचित्र “रुस्तम” र “मोहेन्जो दारो” को साथमा दर्शकमाझ भिडन्तमा देखिए | तर यसपटक ऋतिक भन्दा अक्षय अगाडी भएको कुरा जानकारीमा आएको छ | किन भने ब्यापारिक हिसाबमा “रुस्तम” ले “मोहेन्जो दारो” लाई निकै नै पछाडी छाडेको देखिएको छ |
पहिलो दिन अक्षयको फिल्मले १४ करोड ११ लाख कमाउँदा ऋतिकको फिल्मले जम्मा ८ करोड ८७ लाखको विजनेस गर्यो भने दोश्रो दिन अक्षयको फिल्मले १६ करोड ४३ लाख कमाउँदा ऋतिकको फिल्मले ९ करोड ५ लाखमा चित्त बुझाउनु पर्यो |
समग्रमा दुई दिनको कलेक्शनमा “रुस्तोम” ले ३० करोड ५४ लाखको विजनेस गरेको छ भने “मोहेन्जो दारो” ले जम्मा १७ करोड ९२ लाखको विजनेस गरेको छ । यो विजनेसले सजिलै संगै अक्षय ऋतिक भन्दा अगाडी रहेको देखाऊछ |
आईतबार भारतमा विदाको दिन पर्दै गर्दा अक्षयको फिल्मले २० करोडको आसपास विजनेस गर्ने अनुमान छ भने ऋतिकको फिल्मले १२ करोडको आसपास विजनेस गर्ने अनुमान वलिउड बिज्ञहरुले गरेका छन् ।

Leave a Reply