Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
suman-shrestha
अहिले नियालेर हेर्ने हो भने नेपाली गीत संगीतले धेरै नै फड्को मारिसकेको अवस्था छ | निकै नै तिब्र गतिमा विकास तर्फ उन्मुख भैरहेको छ नेपाली गीत सांगीतिक क्षत्र | यसै बीच नया कलाकारहरुको आगमन पनि निकै नै तिब्र गतिमा हुने गरेको छ | यसै बीच धरानबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्दै अगाढी बढ्ने क्रममा छन् गाएक सुमन श्रेष्ठ ( संगम) | निकै नै नया शैलीमा प्रस्तुत हुदै आफ्नो नया गीत “प्रितीको फूलै फुल्यो” को साथमा दर्शकमाझ आएका छन् | गीत निकै राम्रो र आकर्षक रहेको छ | उनको यस गीतमा उनलाई नव गाईका नोवा थोप्रा लिम्बुले साथ दिएकी छिन् |अहिले युटुबमा यो गीतले राम्रो प्रशंसा पाइरहेको छ | गीतमा उनले माया र प्रेमको कुरालाई निकै नै फरक र उत्कृष्ट रुपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ |
suman-shrestha
suman-shrestha
गीत संगीत प्रतिको आफ्नो सानै देखिको लगावलाई धेरै बर्षको साधना पछि अगाडी लिएर आउने प्रयास आफुले गरेको कुरा उनि बताउछन् | उनको यस गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ भने ओम प्रकाश राईले आफ्नो सुमधुर संगीत भरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: