मनोरंजनसंसार डटकम
सिनेमामा बलिउड भारतको मुहार हो। बलिउडका ३ खानहरू शाहरूख खान, आमिर खान तथा सलमान खान त्यो अनुहारका सबैभन्दा बिकाउ अनुहार।
वक्सअफिसमा उनीहरूको दर्हो उपस्थिति हुने गर्छ। तर यी तीन खाहरूको उपस्थितिलाई दक्षिण भारतिय तमिल सिनेमाका सुपरस्टार रजनीकान्तले तोडिदिएका छन्।
रजनीले तीनै खानका फिल्मका हालसम्मका ‘ओपनिङ् रेकर्डलाई तोडेका छन्। रजनीले उनीहरूलाई कमाइको मामालामा कोशौं टाढा छोडिदिएका छन्। शुक्रबार रिलिज भएको ‘कबाली’ भारतको घरेलु बजारबाट मात्रै २५० करोड भारू कमाएको छ।
‘कबाली’को यो रेकर्डतोड कमाइले शाहरूख खानको सन् २०१४ मा रिलिज भएको ‘ह्यापी न्यू इयर’को ४४.९७ करोडको किर्तिमानी कमाइलाई ठूलै फराकले पछाडी पारिदिएको छ। त्यस्तै ४०.०३ करोड कमाइका साथ सलमान खानको ‘प्रेम रतन धन पायो’ सूचिको तेस्रो स्थानमा रहेको छ।
‘कबाली’ तमिलसहित डब संस्करणमा हिन्दी तथा तेलेगु भाषामा समेत रिलिज भएको थियो। फिल्म संसारभर करिब ८००० देखी १०००० पर्दामा एकसाथ रिलिज भएको थियो। फिल्म अमेरिकामा ४८०, मलेसियामा ४९० तथा गल्फ देशहरूका किब ५०० पर्दामा रिलिज गरिएको थियो।
रिलिज भएको पहिलो दिनमा फिल्मले बलिउडले सफलताको मानक मान्दै आएको १०० करोड भारूको कारोबार गरेको थियो जबकी बलिउडका ठूला स्टारका फिल्मले यति कमाइ गर्न ३ दिन लगाउने गर्छन्।