Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
rajeev-moktan
अहिले नेपाली गीत संगीत क्षत्रले नया मोड लिरहेको अवस्था छ | नेपाली गीत संगीतको अहिले छुट्टै किसिमको पहिचान बनिसकेको छ | यसै बीच धेरै कलाकारहरु आउने क्रम पनि निकै तिब्र रहेको पाइएको छ | आफ्नो प्रतिभाको खुबी बोकेर गाएक राजीव मोक्तान पनि यस क्षत्रमा प्रवेश गरेका छन् | कलाकार नया भए पनि यो नाम अब निकै परिचित भैसकेको छ | “जब दिन ढलेर” बोलको गीत अहिले युटुबमा निकै चर्चामा रहेको छ यहि गीतका गाएक र प्रस्तोता हुन् राजीव मोक्तान | नेपाली गीत संगीतलाई नया आयाम दिने विश्वासले उनि अहिले यो क्षत्रमा लगनशील भएर लागिरहेका छन् |
rajeev-moktan
उनको यस गीतमा शब्द संगीत भेशु इस्न्सान मगरको रहेका छ भने राजीव मोक्तानले यसमा आफ्नो सुमधुर स्वोर भरेका छन् | उनको यस गीतको भिडियोमा बिपना रिजाल र राजीव मोक्तानले अभिनय गरेका छन् भने सपुत मोक्तान तामाङ्गले निर्देशन गरेका छन् | आफुले सधै दर्शकहरुलाई निरन्तर रुपमा नया टेस्ट दिने प्रयास गर्ने कुरा पनि बताएका छन् | आफुलाई दर्शकहरुले गर्नु भएको आफुले सधै सम्मान गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | आफु सधै यसै गरि अगाडी बढ्ने र राम्रो कुरा दस्र्हखारू माझ लिएर आउने प्रयास गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् | आफ्ना कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाब प्रदान गरि अगाडी हौसला प्रदान गरिदिनु हुन पनि उनले सम्पूर्ण दर्शकहरु समक्ष बिन्ती समेत बिसाएका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: