Fri. Apr 18th, 2025

मनोरंजनसंसार डटकम
डायस्पोरामा फिल्म रिलिज गर्दै हिँडेका अभिनेता भूवन केसीले आफ्नो निर्देशकिय डेब्यू फिल्म ‘ड्रिम्स’को पाइरेसी भएपछि दोषी पत्ता लगाइ पाउँ भन्दै अपराध महाशाखा टेकु पुगेका छन्।
bhuwan-kc
भूवन बिहीबार अपरान्ह परिसर पुगेका हुन्। उनले प्रहरी निरीक्षक पशुपतिकुमार रायलाई भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। केसीले परिसरमा रहेको साइबर सेल शाखामा उजुरी दर्ता गराएका छन्।
bhuwan-kc
सेतोपाटीसँग कुरा गर्दे केसीले फिल्मको पाइरेसीका कारण आफूलाई झण्डै १ करोड रूपयाँ बराबरको हानी भएको दाबी गरे। केसी हालै फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया र युरोप गएर फर्किएका हुन्। उनीसँग परिसरमा अभिनेत्री जिया केसी पनि साथै पुगेकी थिइन्।
केसी सो बारेमा कुरा गर्न आज निर्माता संघ पनि जाँदैछन्। उनले परिसरले दोषी पत्ता लगाइ छाड्ने आश्वासन दिएको पनि बताए। विगतका केहि महिनादेखि हिट फिल्मका पाइरेसी हुने बढिरहेको छ। त्यसको पछिल्लो सिकार ड्रिम्स हो। ड्रिम्स अघि प्रेमगीत, पशुपतिप्रसाद लगायतका फिल्महरूको पनि पाइरेसी भइसकेको छ।