Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
फुटको संघारमा पुगेको चर्चाका बीच चलचित्र निर्माता संघको कार्य समितिबाट तीन पदाधीकारीले राजिनामा दिएका छन् । बुधबार प्रथम उपाध्यक्ष उदय सुब्बा सहित दुई सदस्यले राजिनामा दिएका हुन् ।
कार्य समिति सदस्य गोविन्द शाही र डिक खड्काले संघबाट हात झिकेका हुन् । तीन जनाको संयुक्त राजिनामा पत्रमा संघ अबैधानिक हुँदा पनि नेतृत्वले कदम चाल्न नसकेको, रकम हिनामिनाको आरोप लाग्दा, असन्तुष्ट निर्माताले संघ फुटाउन खोज्दा पनि नेतृत्वकर्ता मौन बसेको भन्दै राजिनामा दिएको उल्लेख छ ।
पत्रमा समावेश सबै आरोप अध्यक्ष राजकुमार राईप्रति लक्षित छन् । राजिनामा पत्रमा पछिल्लो पटक संघले निर्माताहरुको हकहित र संरक्षणको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसकेको, दिनप्रतिदिन निर्माताहरु व्यवसाय डुबेर विचलित हुँदा पनि संघ मुकदर्शक भएको आरोप लगाईएको छ ।
तर आफु नै जिम्मेबार पदमा रहेकाहरुले संघमै बसेर सकारात्मक काम गर्नसक्ने अवस्थामा अप्ठ्यारो परेको अनि आफुहरुले सोहि विषयसँग जोडिएका समस्या समाधानको लागी पहल गरेका कुराहरु भने पत्रमा उल्लेख छैनन् ।
राजकुमार राईको एकल संस्था जसरी संघ चलेको जस्ता वाक्यहरु राजिनामा पत्रमा समावेश छन् । केहि दिन पहिले नवल खड्काको नेतृत्वमा अर्को संघ खोल्ने तयारी भईरहेको चर्चाका बीच तीन पदाधिकारीले राजिनामा दिँदा निर्माताहरुबीच झनै तरङ्ग आउने देखिएको छ ।
पढ्नुहोस राजिनामा पत्रको पुर्ण पाठः
nirmata rajinama

%d bloggers like this: