Sat. Apr 19th, 2025

अभिनेत्री एन्जोलिना जोलीले लन्डन स्कूल अफ इक्नोमिक्सका विद्यार्थीहरूलाई पढाउने भएकी छन्।
angelina-jolie
उनले त्यहाँ अतिथि प्रोफेसर बनेर पढाउन लागेकी हुन्। उनले सो कलेजको स्नाकोत्र तहका विद्यार्थीहरूलाई महिला, शान्ति तथा सुरक्षा विषयमा पढाउनेछिन्।
anjelina-jolie
संयूक्त राष्ट्र संघको शरणार्थी निकायकी विशेष दुतसमेत रहेकी जोलीले स्नाकोत्तर तहमा सो विषय राखिएकोमा उत्साहित बनेको बताएकी छन्। जोलीसँगै सो कलेजमा अन्य तीन उच्चपदस्त व्यक्तिले पनि अतिथि प्रोफेसरका त्यहाँ पढाउने छन्।