Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
हाल प्रदर्शनमा रहेको बलिउडको बायोपिक ‘सरबजीत’ मा पत्नीको भूमिकामा रहेकी रिचा चड्ढा खासमा उक्त भूमिकामा नखेल्ने नजिकका साथीभाइले सुझाएका थिए ।
richa-chadha
सरबजीतकै पत्नी सुखप्रीतको भूमिका रहे पनि स्क्रिप्टमा उनको संवाद कम छ । झूटा अभियोगमा २३ वर्ष पाकिस्तानी जेलमा रहेको सरबजीतको रिहाइका लागि पत्नीभन्दा बढी उसकी दिदीको भूमिका देखिन्छ ।
दिदीको भूमिकामा नायिका ऐश्वर्या राय छिन् । रिचाले भने फिल्ममा अधिकांश दृश्यमा अनुहारको भावमार्फत् पीडा व्यक्त गर्छिन् । यस्तोमा सुखप्रीतको भूमिका छान्नु रिचाका लागि पक्कै पनि सहज भने थिएन । तर करिअरमा जोखिम मोल्न रुचाउने रिचाले यसअघि पनि चुनौतीमा आफूलाई सही प्रमाणित गर्दै आएकी छन् ।
Richa-Chadha
फिल्म ‘ग्याङ अफ वासेपुर २’ मा उनी आफू समान नवाजुद्दिन सिद्दिकीको आमाको भूमिका निर्वाह गरेकी छन् । त्यसबेला पनि रिचाको उक्त भूमिका चयनलाई धेरैले हर्कत मानेका थिए । तर जसै फिल्म रिलिज भयो, उनले आफ्नो कामबाटै त्यसको प्रतिउत्तर दिइन् ।
‘मैले आफ्नो पहिलो ठूलो फिल्ममै नवाजुद्दिनकी आमाको भूमिका निर्वाह गरेकी थिएँ,’ रिचाले भनिन्, ‘त्यो बेला पनि मेरो भूमिका छनोटलाई देखेर मान्छेहरू चकित परेका थिए ।
richa-chadha
पछि फिल्म रिलिजपछि त कतिपयलाई वास्तविकतामा म त्यति धेरै बुढी र गाउँले छैन भनेर बुझाउनै खुब मिहिनेत गर्नुपरेको थियो । पर्दामा देखिएभन्दा आधुनिक छु भन्नुपथ्र्यो । पछि त मैले यस्ता टीकाटिप्पणीमा ध्यान नै दिन छोडिदिएँ र केवल आफूलाई काममै केन्द्रित गर्न थालें ।’
रिचालाई कुनै कलाकारलाई करिअरभर एउटै खाले भूमिका र गेटअपमा मात्रै पस्कनु वा सोच्नु जायज नहुने जिकिर गर्छिन् । ‘तपाईलाई एउटा इमेज सेट गराइदिएर त्यसैमा जिन्दगीभर कैद गरिदिइन्छ, तर अचेल समयअनुसार परिवर्तन पनि भइरहेको छ,’ नायिकाले भनिन् ।
उनले ‘सरबजीत’ का लागि समेत आफूलाई उक्त भूमिकामा नखेल्न सुझाव आएको खुलासा गर्दै थपिन्, ‘कति क्रिएटिभ खालका लाग्ने मान्छेले समेत मलाई उक्त भूमिकाबाट टाढै रहन सल्लाहसमेत दिएका थिए ।
यस्तो घटना मलाई ‘मसान’ गर्दा पनि भएको थियो । तर म सधैं आफ्नो भूमिकामा सन्तुष्ट छु । मान्छेले ऐशका अगाडि तिमी छायामा पर्ने डर रहन्छ भन्ने तर्क गर्थे ।’ तर अभिनयमा दमदार मानिने रिचा प्रतिभा भएमा कसैले कसैलाई दबाउन नसक्नेमा ढुक्क सुनिइन् ।
भनिन्, ‘आफ्नो क्षमतामार्फत् कलाकारले पर्दामा आफ्नो उपस्थितिलाई मजबुत पार्नुपर्छ ।’ फिल्ममा सरबजीतको भूमिकामा भने रणदीप हुडा गजब देखिएका छन् ।

%d bloggers like this: