Mon. May 6th, 2024

फ्रान्सको कान्समा हाल चलिरहेको चर्चित ‘कान्स फिल्म फेष्टिभल’ मा भाग लिन पुगेकी बलिउड अभिनेत्री ऐश्वर्या रायको ओठको चर्चा व्यापक भयो। ओठमा ‘ब्राइट एन्ड बोल्ड पर्पल कलर’ र शरीरमा ‘फ्लोरल इम्ब्रोइडरी गाउन’मा फेष्टिभलमा झुल्किएकी अभिनेत्री ओठकै व्यापक अालाेचनामा परिन्।
कान्समा प्रदर्शित फिल्म ‘सरबजित’की अभिनेत्री ऐश्वर्याले पर्पल ओठबारे हालै बयान दिएकी छिन्। उनले भनेकी छिन्,‘मैले मेरो व्यावसायिक प्रतिबद्धता पुरा गरेको हुँ।’
ओठका कारण सामाजिक सञ्जालमा खुबै आलोचना खेपेकी उनले आफूलाई आलोचनाले कुनै असर नपारेको बताएकी छिन्। ‘म बिल्कुलै तनावमा थिइनँ’ उनले भनिन्,‘म विगत १५ वर्षदेखि ‘एल’ओरियल्स’को प्रतिनिधि हुँ। त्यसैले मैले मेरो व्यावसायिक प्रतिबद्धता पुरा गर्नुपर्ने थियो। मैले एकदमै व्यवसायिक भएर काम गरेको छु, कुनै गल्ती गरेको छैन। पर्पल कलरले मलाई क्रिएटिभ लुक्स पनि दिएकै थियो।’
‘एल’ओरियल्स’ एक फ्रान्सेली सौन्दर्य प्रशाधन उत्पादक कम्पनी हो।

%d bloggers like this: