Sat. Apr 20th, 2024

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । धुर्मुस सुन्तली फाउन्डेसनको कार्यालयमै पुगेर उनले १ लाख रुपैयाँ सुन्तलीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।
rekha-thapa
सम्पूर्ण कलाजगतको प्रतिनिधित्व गर्दै धुर्मुस–सुन्तली (सिताराम कट्टेल–कुञ्जना घिमिरे) ले गरेको काममा सानो सहयोग गरेको थापाले बताइन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सहयोग गरेको उनको भनाई छ ।
उनले धुर्मुस–सुन्तलीको कामको चौतर्फी प्रशंसा भइरहेको भन्दै शुभेच्क्षा पनि प्रकट गरिन् । सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखा थापाले गरेको सहयोगलाई सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको बताइन् ।

%d bloggers like this: