Fri. Mar 29th, 2024

बलिउड अभिनेताद्वय शाहरुख खान र आमिर खानको मित्रतामा पहिलेजस्तो तिक्तता छैन। अचेल उनीहरु मिल्ने साथी हुन्।
गत राति शाहरुखले आफ्नो घरमा आमिरलाई डिनरको निम्तो दिएका थिए। आमिर निम्तो स्वीकार्दै शाहरुखको घर पुगे।
जहाँ आमिरको भेट शाहरुखका दुई वर्षीय छोरा अबरामसँग भयो। आमिरले अबरामलाई खेलौना उपहार दिए।
शाहरुखले ट्विट गरेका छन्, ‘आमिर खेलौनाका लागि धन्यवाद। अबराम अझै पनि जागा छ। ऊ त्यही खेलौनासँग मग्न छ।

%d bloggers like this: