Thu. May 2nd, 2024

फिल्ममा अभिनेत्रीले पनि समकालिन अभिनेता सरह बराबरी पारिश्रमिक पाउनुपर्छ भन्ने चर्चा हलिउड र बलिउडमा चल्दै आएको छ। पारिश्रमिकमा रहेको बिभेदका बारेमा अभिनेत्रीहरूले कुरा उठाउने गरेका छन्। नेपाली फिल्ममा पनि नायिकाले पाउने पारिश्रमिक थोरै हुने गरेको छ।
Sipora-Gurung-Missnepal2013-650x571
यस्तो परिस्थिकाबिच पहिलोपल्ट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी पूर्व राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरूङ्ले नेपाली हिरोइनहरूले पाउनेभन्दा बढि पारिश्रमिकमा ‘भूईमान्छे’ फिल्ममा हस्ताक्षर गरेको बताइन्छ। उनले फिल्मका लागि साढे चार लाख पारिश्रमिक बुझेको बताइन्छ। सिपोराले लिएको यो पारिश्रमिक हालका व्यस्त हिरोहरूले लिने सरहको पारिश्रमिक हो।
यसअघि नेपाली भाषाका दुई गुरूङ फिल्मका लागि पनि उनले मोटो रकम लिएकी थिइन्। रिलिज हुन बाँकी रहेको ‘यम्फावती: द प्रिन्सेस’का लागि उनले ६ लाख नेपाली रूपयाँ बुझेकी थिइन्।
sipora -gurung
सिपोराले बुझेको यो पारिश्रमिक हालका व्यस्तम नायिकाहरूले लिने भन्दा बढि हो। केहि समय अगाडी फिल्मको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सिपोराले समयसापेक्ष पारिश्रमिक लिएको बताए पनि रकमका बारेमा केहि खुलासा गरेकी थिइनन्।
sipora-gurung
sipora-gurung
सन् २०१३ को मिस नेपाल संस्करणकी सहभागी सिपोराले सो प्रतियोगितामा ‘मिस ट्यालेन्ट’को टाइटल जितेकी थिइन्। नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा वर्ष २०६७ सालको पपुलर प्लेयर अफ दी इयरको उपाधि विजेता समेत हुन्।

%d bloggers like this: