Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम |
केहि समय अमेरिका बसाईपछि नेपाल आएका नायक जीवन लुईँटेलले अब बर्षमा दुई मात्र चलचित्रमा अभिनय गर्ने बताएका छन् । जुनपायो त्यहि चलचित्रमा अभिनय गरेर गुणस्तर भन्दा संख्या मात्र बढाएको आरोप लागेका उनले चलचित्र ‘राधा’को सेटबाट बताएका हुन् ।
jiwan-luitel-sanjita-luitel-in-radha4
jiwan-luitel-sanjita-luitel-in-radha3
उनले ‘राधा’को कथा नै सबै भन्दा शसक्त रहेको बताए । उनले यो चलचित्रको स्क्रिप्टले मन छोएकोले अभिनय गरेको बताए । उनले भने, ‘हिजोका दिनमा जति फिल्म जे जसरी खेलियो त्यो समयको माग थियो तर अब फिल्म मेकिङमा सुधार भएन र कथा राम्रो छानिएन भने करिअर सिध्धिने रहेछ त्यसैले अन्य कलाकारहरुले पनि फिल्मको संख्यालाई घटाएर कथा छनौट र समय अनुसारको मेकिङमा ध्यान दिनै पर्छ’ । जीवनको यो बर्ष दुई फिल्म रिफ्यूजी र बाजीगरको खासै राम्रो रिपोर्ट आएनन् ।
jiwan-luitel-sanjita-luitel-in-radha
jiwan-luitel-sanjita-luitel-in-radha5
यतिबेला राधाको छायांकन इलाम, झापा तथा भारतको सिक्किममा भईरहेको छ । योगेश घिमिरे निर्देशित राधामा जीवनको साथमा सञ्चिता लुईँटेलको पनि मुख्य अभिनय छ ।

%d bloggers like this: