Thu. May 2nd, 2024

सिनेमा वडा नम्बर ६ को चर्चित गीत गीत ‘सुर्के थैली’का गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीको संगीतमा गायिका अञ्जु पन्त र गायक उत्तम थापा युडीले गाएको गीत ‘ज्यानमाया तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजुबाबु श्रेष्ठको रचना रहेको उक्त गीत गायक युडीको एल्बम ‘कखरा’मा समावेश गरिएको छ । लोकपप जनराको यो गीतको निर्देशन चर्चित संचारकर्मी सुव्रत आचार्यले गरेका छन । सिने पत्रकारितामा लामो समय देखी सक्रिय सुब्रतले अध्कट्टी नामक सिनेमा समेत निर्देशन गरिसकेका छन भने म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त छन, छिट्टै अर्को सिनेमा निर्देशनको तयारीमा समेत उनि लागेका छन ।gamvir bista

सांगाको नमूना गाउँमा छायांकन गरिएको यो म्युजिक भिडियोमा अर्का चर्चित कोरियोग्राफर गम्भिर विष्ट र मोडेल बर्षा राउतको अभिनय रहेको छ । गीतमा विष्टकै नृत्य निर्देशन रहेको छ भने अर्जुन तिवारीले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

jaynamaya timilai team

म्युजिक भिडियो:

%d bloggers like this: