Fri. Mar 29th, 2024

buddhisagar firfire
चर्चित लेखक/उपन्यासकार बुद्धिसागरले आफ्नो नयाँ उपन्यास ‘फिरफिरे’ सार्वजनिक गरेका छन, उनका फ्यान र नेपाली साहित्य पढ्नेहरु माझ यो उपन्यास निकै प्रतिक्षित थियो ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजित एक बिशेष कार्यक्रम बीच उनको दोश्रो उपन्यास बिमोचन गरिएको हो । उक्त बिमोचन कार्यक्रममा साहित्य सिर्जनामा नाम कमाएका ब्यक्तिहरु तथा बुद्धिसागरका थुप्रै फ्यानहरुको सहभागिता थियो ।
बुद्धिसागरको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ युवा पुस्तामाझ निकै चर्चित भएको थियो भने मदन पुरस्कार समेत प्राप्त गर्यो र धेरै बिक्यो पनि । पाँच वर्षपछि उनले यो दोश्रो उपन्यास सार्बजनिक भयो, निकै पहिले आउने भनिएता पनि बिबिध कारणबस ढिला हुन् पुग्यो र बुद्धिसागरले ढाटेको भनी उनका पाठक बाट आलोचना पनि सहनु पर्यो ।
buddhi sagar tweets abou firfire
‘फिरफिरे’  ५४२ पृष्ठको छ भने यसको मूल्य पनि ५४२ रुपैयाँ नै राखिएको छ, देश विदेशमा समेत यो पुस्तक किन्न पाईने छ । सार्बजनिक हुदा र हुनुपुर्ब फेसबुक र ट्वीटरमा ‘फिरफिरे’ निकै चर्चित भईरहेको छ, थुप्रैले बधाई दिदै फोटोहरु सेयर गरेका छन भने, किताब भित्रका रोचक प्रसंग र शब्दहरु लेखी ट्वीट हानेका छन ।
buddhisagar firfire launch and audiences
‘फिरफिरे’ प्रमोसनका लागि प्रकाशन संस्था फाइनप्रिन्टले यता आकर्षक म्युजिक भिडियोसमेत सार्वजनिक गरेको थियो, उक्त म्युजिक भिडियोलाई चर्चित अभिनेता अनुप बरालले निर्देशन गरेका छन भने आधा दर्जन थिएटर कलाकारले अभिनय गरेका छन, भिडियो बाट यो थाहा हुन्छ की यसअघी कर्णाली ब्लुजमा पिताको बारेका लेखेका लेखकले यसपाली मित्रताको कुरा उठाएका छन, भिडियो निकै आकर्षक बनेको छ ।
बुद्धिसागर आफैले लेखेको उक्त गीतमा कालीप्रसाद बास्कोटा संगीत र स्वर छ ।

– बाबु सुरेश डिसी

%d bloggers like this: