Tue. Apr 30th, 2024

aryan-namrata
प्रेम दिवस लक्षित रिलिज फिल्म ‘क्लासिक’ को पहिलो गीति भिडियो रिलिज गरिएको छ ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङ ‘सुनौलो हर दिन’ बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत  तथा मेलिना राई र कोसिश क्षेत्रीको स्वर रहेको छ ।
गीतको शब्द निर्देशक दिनेश राउतले लेखेका हुन् । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा आर्यन र नम्रता दृष्टिविहिन भूमिकामा प्रस्तुत भएका छन् ।
आर्यन र निर्माता सुवास गिरीको संयुक्त लगानी रहेको फिल्म आउँदो माघ २९ गते देखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्नुस :

%d bloggers like this: