Fri. Apr 19th, 2024

chhulthim gurung
सिनेमा ‘नोभेम्बर रेन’ बाट चर्चा कमाएकी संचारकर्मी गायिका तथा मोडेल  छुल्ठिम गुरुङ्कले ‘खसेका तारा’ बोलको गीति भिडियो तयार गरेकी छन् ।
आफ्नै स्वर तथा मोडलिङ रहेको उक्त भिडियो उनले हाल सालै सार्वजनिक गरेकी छन् । भिडियोमा मोडलिङमा उनलाई अमिन संग्रौलाले साथ दिएका छन् ।
संजय चौधरीको संगीत तथा शब्द रहेको भिडियोका क्रिटिभ डाइरेक्टर अनिल योञ्जन हुन् भने प्रविण श्रेष्ठले सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको छ । नेपाली नायिकाहरुको संगीतप्रति राम्रै लगाव देखिन्छ । रेखा थापा, प्रियंका कार्की, अशिष्मा नकर्मी जस्ता नायिकाले आफ्नै स्वरमा केही गीतहरु रेकर्ड गराएका छन् ।
अंग्रेजी नयाँ वर्षको एक दिन अगाडी छुल्ठिमले आफ्नो पहिलो गीति भिडियो सार्वजनिक गरेकी हुन् । फिल्म ‘नोभेम्वर रेन’ मा उनले निभाएको डल्ली क्यारेक्टरले प्रसंशा सँगै विभिन्न पुरस्कार समेत पाउन सफल भएको थियो ।
भिडियो हेर्नुस्:

%d bloggers like this: