Thu. May 2nd, 2024

nisha adhikari
यतिबेला नेपाली सिनेमाका थुप्रै कलाकार निर्देशक बन्ने दौडमा छन, अभिनेता निखिल उप्रेती सिनेमा ‘भैरब’ मार्फत निर्देशक बने भने अर्का चर्चित अभिनेता भुवन केसी चाडै प्रर्दशनमा आउने ‘ड्रिम्स’ मार्फत निर्देशकका रुपमा आउदैछन  । यसैबीच अभिनेत्री निशा अधिकारी पनि अब निर्देशनमा आएकी छन ।
निर्देशनको पहिलो प्रोजेक्टको रुपमा उनले हंगकंग र नेपालमा व्यवसाय गर्दै आएका एनआरन जनक पहारीको एल्बम ‘बियोन्ड’मा रहेको गीतको म्यूजिक भिडियो निर्देशन गरेकी हुन् ।निशाले निर्देशन गरेको उक्त गीतमा शिव परियारको स्वर र ताराप्रकाश लिम्बुले संगीत रहेको छ। निशाले अभिनयपछि आफुलाई निर्देशन गर्ने रहर भएकाले म्यूजिक भिडियोबाट सुरू गरेको बताइन् ।
‘मैले निर्देशन पढेकी हुँ। निर्देशक बन्ने आफ्नो इच्छा यस भिडियोबाट सुरू गर्दै छु।’ उनले बताईन ।साथै अफुले केहि सर्ट फिल्महरु निर्देशन गर्ने समेत तयारीमा गरेको बताउँदै फिचर फिल्म निर्देशनमा भने केहि समयपछि मात्र लाग्ने बताईन ।
‘जलेर खरानी भएँ, जलाउने तिमी’ बोलको गीत निशाले निर्देशन गरेकोको भिडियोमा गजित विष्ट र मेनुका प्रधानको अभिनय रहेको छ।

%d bloggers like this: