Fri. Nov 22nd, 2024

काठमाडौ । अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु भएको छ । बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अहिले प्रशिक्षण मार्फत अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् । नया“ बानेश्वेर स्थित सेल्फडेभलपमेन्टमा उनिहरुको प्रशिक्षण चलिरहेको छ ।5
अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङलगायतका विषय प्रशिक्षण राखिएका छन् । ‘आफुमा रहेको प्रतिभा निखार्दै अगाडि आउन प्रशिक्षण महत्वपूर्ण रहेको सहभागी कृतीका खरेलले बताइन् । उनले भनिन् ‘उपाधि त पछिको कुरा हो, पहिले त यसले आफ्नो ब्यक्तित्वको बिकाश गर्छ ।’ त्यस्तै अर्की सहभागी बानेस्वरकी सुस्मिता शाहीले मल्लले प्रशिक्षणले आफुलाई कोराबाट अन्तराष्ट्रिय स्तरको मोडल बन्ने ब्यक्तित्वको बिकाश गरेको बताइन् ।
स्कुल ,कलेजलगायत बिभिन्न शैक्षिक संस्था सिक्न नपाएका ब्याबहारिक ज्ञानका प्रशिक्षण आफुलाई प्रतियोगीताबाट मिलेको सिनामंगल काठमाडौका बिकेन्द्र पुरीले बताए । उपाधि मिले पनि नमिले पनि प्रशिक्षणबाट मिलेको ज्ञान आफुलाई जिवनभर उपयोगी हुने उनको भनाई छ । न्युरोडका रिजेश रामपालले प्रशिक्षणले आफ्नो ब्यक्तित्व बिकाश महत्वपुर्ण भुमिका खेलेको बताए । प्रतियोगीताको कोरियोग्राफर सुजल जंग केसी रहेका छन् । बिगत एक सातादेखि चलिरहेको प्रशिक्षण कार्यक्रमको अघिल्लो दिन अर्थात् आगामी २८ गतेसम्म चल्नेछ ।3
‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नया“ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’को रहेको छ ’ आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चा“दनी लामिछानेले बताइन् । ‘फेसन र मोडलिङ जगतमा विगत १० वर्षदेखि कोरियोग्राफरको भूमिका निर्वाह गर्दै आएकी लामिछानेले आफूले हासिल गरेको अनुभव प्रतियोगिता मार्फत् पोख्न लागेको सुनाइन् । अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको सिर्जना गरेको लामिछानेको भनाइ रहेको छ ।
यही असोज २९ अन्तिम स्पर्धा हुने प्रतियोगीतामा शीर्ष सहित विभिन्न दर्जन विधामा विजेता घोषित गरिनेछ । प्रतियोगिताका शीर्ष विजेताले पचास हजार नगदसहित चलचित्र ,म्युजिक भिडियो, विज्ञापन, चलचित्र अभिनय अवसरका अलवा विभिन्न अन्य उपहार जित्न सक्नेछन् ।21