Sat. May 18th, 2024

11179993_1047793068621391_2110203784_nमुलुकमा संविधान बनाउनकै लागी दुई पटकसम्म चुनाव हुँदा जन प्रतिनिधीहरुले बाचा पुरा नगरेको अबस्थालाई गीतमा ढालेका छन् गीतकार तुला प्रवातले । तुलाको आफ्नै शब्द तथा संगीतमा तयार ‘रित्यायौं यी बुढी आमाको काख’ बोलको गीतमा दिपक लिम्बुले स्वर दिएका छन् । युट्युवमा सार्वजनिक तुलाको यो गीतले पछिल्लो समयको नेपाली परिवेशलाई शब्द चित्रण गरेको छ । विगत १५ बर्षदेखि गायन र संगीतमा सक्रिय तुलाको यो गीत उनको तेस्रो सांगितिक एल्बम ‘दोष’मा समावेश हुनेछ । उनले यसअघी नै २ वटा एल्बम ‘माया’ र ‘भविष्य’ श्रोतामाझ ल्याइसकेका छन् । यो गीतको भिडियो पनि तयार भईसकेको छ । भिडियोमा प्रशन्न पौडेलको निर्देशन छ भिडियोलाई सुदिप बराललले खिचेका छन् ।

%d bloggers like this: