Wed. Apr 24th, 2024

gutthiभारतको चर्चित कमेडी शो  ‘कमेडी नाइट्स विथ कपिल’मा गुत्थी नामक युवतिको भेषमा देखिने गरेका सुनिल ग्रोभर गुत्थी अब चलचित्रको पर्दामा पनि देखिने भएका छन् । अक्षय कुमार अभिनित चलचित्र  ‘गब्बर इज ब्याक’मा सुनिल भिलेनको भूमिकामा देखिदैंछन् । सुनिलले अभिनय गरेको यो पहिलो चलचित्र हो । भिलेन भएर पनि प्रहरी अधिकारीको भूमिकामा देखिन लागेका सुनिलको अभिनयलाई दर्शकहरुले अत्याधिक मनपराउने अभिनेता अक्षय कुमारले बताए । अक्षयका अलावा यस चलचित्रमा करिना कपुर र श्रुति हसन पनि मुख्य भूमिकामा छन् भने चित्रांगदा सिंहको ‘आइटम गीत’ पनि यसमा हुनेछ । कृषले निर्देशन गरेको चलचित्रको निर्माण संजयलिला भंसालीले गरेका हुन् । भंसालीले निर्माण गरेको ‘राउडी राठोर’मा पनि अक्षयले मुख्य भूमिकामा अभिनय गरेका थिए ।

%d bloggers like this: