Fri. Jun 2nd, 2023
sapanaनेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा ‘सपना’ नामक चलचित्र सर्वोत्कृष्ट भएको छ । आइतबार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोतिज उक्त प्रतियोगितामा सपना प्रथम घोषित भएको थियो । प्रतियोगितामा लघु चलचित्र सपनालाई प्रधानसेनापति गौरवशम्शेर राणाले एक लाख पचास हजार नगद र प्रशंसा पत्र प्रदान गरेका थिए । प्रतियोगितामा १६ चललिचत्रले भाग लिएका थिए । प्रतियोगिताका उत्कृष्ट चलचित्र तथा नेपाली सेनाद्वारा प्रकाशित ‘सिपाही वार्षिक २०७१ अङ्क ४८’ र ‘शिवपुरी जर्नल–२०१४ अङ्क १६’ का उत्कृष्ट लेखकलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उक्त प्रतियोगीतामा ‘सिपाही वार्षिक २०७१’ तथा ‘शिवपुरी जर्नल–२०१४’ मा प्रकाशित लेखमध्ये सहायक रथी इश्वर हमालको उत्कृष्ठ ठहरिएको थियो ।
%d bloggers like this: