Tue. Apr 30th, 2024
kabbadi२०७१ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’को सम्पुर्ण छायांकन सकिएको छ । करिब १ महिना लामो छायांकन पश्चात चलचित्रको सम्पुर्ण छायांकन सकिएको चलचित्रका लेखक तथा निर्देशक रामबाबु गुरुङले जानकारी दिए । मुस्ताङका विभिन्न ठाउँहरुमा छायांकन गरिएको यस चलचित्रको जम्बो यूनिट चलचित्रको सम्पुर्ण छायांकन सकाएर काठमाडौं आइसकेको छ । खबरका अनुसार चलचित्रको केहि दृश्य काठमाडौंमा पनि खिचिने छ । लेखक तथा निर्देशक रामबाबु गुरुङका अनुसार अब चलचित्रको सम्पादन कार्य सुरु हुनेछ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले प्रेम र राजनीतिको कथा बोल्छ । निश्चल बस्नेत कार्यकारी निर्माता रहेको यस चलचित्रमा सुनीलचन्द्र रौनियार र रौनकविक्रम कँडेलको पनि लगानी रहेको छ । चलचित्रलाई अब निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।
%d bloggers like this: