यो वर्षको घन्टा अवार्डमा सबैभन्दा झुर अभिनेत्रीको अवार्ड सोनाक्षी सिन्हाले जितेकी छिन् । ‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ दुईदुईवटा चलचित्रबाट उनले घन्टा अवार्ड हात पारेकी हुन् । चलचित्र ‘हमशकल्स’ले सबैभन्दा नराम्रो चलचित्रको अवार्ड पायो । साथमा यसका तीन अभिनेता सैफ अलि खान,रितेश देशमुख र राम कपुरले घन्टा अवार्ड प्राप्त गरे ।
निर्देशक फराह खानले चलचित्र ‘ह्याप्पी न्यु इयर’का लागि सबैभन्दा खराब निर्देशकको अवार्ड प्राप्त गरिन् । तर उनको चलचित्रले राम्रो कमाई गरेको थियो । बलिउडका अन्य प्रतिष्ठित अ वार्डकै समयमा यो घन्टा अवार्ड आयोजना गरिन्छ । सबैभन्दा खराब चलचित्र र चलचित्रकबर्मी भनेर अवार्ड दिइने यो अवार्डमा हाँसो र रमाइलोलाई महत्व दिइन्छ । यो अवार्ड सुरु भएको सात वर्ष भयो ।