बिल क्लिन्टनसँग अमेरिकामा सगैं प्रियंका

priyanka-chopra2

‘मेरी कोम’ चलचित्रमा अभिनय गरेपछि अवार्ड सगैं चर्चा र माग दुवैं कमाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनयसगैं गायनमा पनि उतिक्कै सक्रिय छिन् ।  नायिका प्रियंका चोपडाले पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एक कार्यक्रममा मन्तव्य दिएकी छन्। बोस्टनमा आयोजित वर्ल्ड लिडर एजुकेशन क्याम्पियनको पचासौं वार्षिक उत्सवमा बलिउडबाट चोपडालाई बोलाइएको थियो। कार्यक्रममा प्रियंकाले महिला शिक्षाका विषयमा मन्तव्य दिएकी थिइन्। कार्यक्रममा क्लिन्टनसहित बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन लगायतका राजनीतिज्ञको उपस्थिति थियो। क्लिन्टनकी फ्यानसमेत रहेकी चोपडाले उनीसँगै कार्यक्रममा उपस्थित हुन पाउँदा गर्व लागेको बताइन्।