Sat. Apr 27th, 2024

छैठौं राष्ट्रिय बाल नाटक महोत्सवका १४ वटा नाटकलाईपछि पार्दै चारुमती इंलिस स्कुलले ‘बेइमानी काल’ बाट तीन वटा पुरस्कार जितेको छ । माघ २६ गतेदेखी सूरु भइको महोत्सवमा १५ वटा विद्यालयले भाग लिएका थिए । कृष्ण शाहयात्री र रमेश बुढाथोकीको निर्णायक मण्डलबाट छनोट भएको बेइमानीकालले बाल कोसेली उत्कृष्ट नाटक पुरस्कारका लागि संगम हुमागाईं, शैली सर्वोत्कृष्ट कलाकार पुरस्कारका लागि करिना खत्री र चेखव उत्कृष्ट निर्देशक पुरस्कारका लागि नवराज खड्काले प्रमाण पत्रसहित प्रत्येक बिधाका पुरस्कारबाट पाँच हजार नगद हात पारेका छन् ।

unnamed1

शैली प्रोत्साहन पुरस्कार भने सिसिआरसी कलेजको जुना नाटकबाट आकृती लम्सालले जीतेकी छन् । उक्त राष्ट्रिय बाल नाटक महोत्सव बाल कोसेली मासिकका संस्थापक तथा बाल साहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले महोत्सव आयोजना गर्दा आर्थिक सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै आर्थिक समस्या नहुने हो भने यो भन्दा राम्रो महोत्सव गर्न सकिने बताए । साथै बुढाथोकीले सातौं संस्करणको महोत्सव फेब्रुवरीमै गर्ने र महोत्सवलाई यस अघिका महोत्सव भन्दा भव्य बनाउन प्रयास गर्ने बताए।

%d bloggers like this: