Tue. Apr 30th, 2024

गायिका तायाहाङमा राईले संगीत अध्ययन पश्चात एल्बम दास्रो एल्बम ‘तराना’ लिएर दर्शकमाझ आएकी छिन् । नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तयाहाङमा राईले एल्बम ल्याएकी हुन् । उता वाल्यकालमा गायिका तयाहाङमालाई गायनमा भन्दा नृत्यमा बढी सोख थियो । तर स्कुलमा हुने कार्यक्रमहरुमा स्टेजमा गीत प्रस्तुत गर्दा आफ्ना साथिहरुले गायनमा राम्रो रहेको बताएपछी बिस्तारै गायनमा लागेको गायिका तयाहाङमाले बताइन् । २०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् । सार्वजनिक एल्बमको विषयमा बोल्दै गायिका तयाहाङमाले आफ्नो एल्बममा आधुनिक, सेन्टिमेन्टल गीतहरु दर्शकहरुले सुन्न सक्ने बताइन् ।

singer

एल्बमका गीतहरु सुन्ने सबैले राम्रो रहेको प्रतिकृया दिएको गायिका तयाहाङमाले बताउदै भनिन्–‘दर्शकहरुले पनि एकचोटि सुनिसकेपछि मनपराउनु हुनेछ ।’ ५ गीत र एक म्युजिक ट्रयाक समावेश रहेको एल्बममा राज सागरले संगीत दिएका छन् । एल्बममा ‘आऊ तिमी, जिवनसंग, जसलाई देवता, मायाको गहिराई र कोही छ’ बोलको गीत समावेश गरिएको छ । जसलाई देवता बोलको गीत एल्बममा म्युजिक ट्र्याकपनि समावेश गरिएको छ । एल्बममा समावेश एक ‘मायाको गहिराई’ बोलको गीतको म्युजिक भिडियोपनि सार्वजनिक गरिएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेत्री रिमा विश्वकर्मा र बिमलेश अधिकारीले मोड्लिङ गरेका छन् । म्युजिक भिडियोलाई प्रकाश तुलाधरले इडिट गरेका हुन् भने बिदुर पाण्डेले खिचेका हुन् । साथै एल्बममा समावेश अन्य गीतको पनि म्युजिक भिडियो तयारी भैरहेको बताइन् ।

%d bloggers like this: