Sat. Apr 20th, 2024

rekha-saha-final-final

२१ वर्षपछि रि-रेकडिङ गराइएको रेखा शाहको स्वरमा रहेको ‘सिमसिमे पानीमा‘बोलको गीतको रिमेक भर्सनमा म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द तथा स्वर रहेको ‘सिमसिमे पानीमा’ को आधुनिक भिडियोमा रेखा शाह र आमीर शेखले अभिनय गरेका छन् । गोपाल रसाईलीको रिअरेञ्ज रहेको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । सेतो घोडालाई यौनको बिम्बको रुपमा प्रयोग गरिएको भिडियो निर्माणमा धेरै मेहनत गरेको रेखाको भनाई छ । बि.स.२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा यही गीत गाएर रेखा प्रथम भएकी थिईन् ।

%d bloggers like this: