बलिउड नायिका सोनम कपुर फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङका बेला सुटिङस्थलमा बेहोश भएपछि तीन दिन अस्पताल बस्नु परेको छ। भारतीय सञ्चारमाध्यका अनुसार आइतवार राति मुम्बईको अन्धेरी इलाकामा सुटिङ भइरहेका बेला सोनम बेहोस भएपछि उनलाई धिरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। उनी बेहोस भएको खबर सामाजिक सञ्जालमा उनले अस्पतालमा खिचेका सेल्फीहरु पोष्ट गरेपछि मात्र सार्वजनिक भएको हो। फिल्ममा नायक सलमान खानले पनि अभिनय गरेका भएपनि आइतबार सोनम एक्लैको सुटिङ थियो। यसअघि सन् २०११ मा सोनम सुटिङस्थलमै बेहोस भएकी थिइन्।