Fri. Apr 26th, 2024

माघ २ गते बाट प्रदर्शन मिति सरेर फागुन ८ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र इच्छा यूनिट यति बेला चलचित्रको प्रचार प्रसारमा व्यापक रुपमा अगाडी बढिरहेको छ । फरक पुस्ताको फरक सोचाइलाई मुख्य बिषय बनाइएको यो चलचित्रमा मानिसको इच्छा देखाइएको चलचित्रका निर्देशक मुनाल घिमिरे बताउँछन् ।

ischya

निर्देशक घिमिरेले केहि दिन अगाडी मात्र इच्छाको रिलिज मिति सर्दा झन् फाईदा भएको बताएका थिए । चलचित्रमा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । विवाहा करकापमा होइन स्वेच्छामा गर्नुपर्छ भन्ने बिषय यो चलचित्रको मुख्य पाटो हो । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको एक्सन, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी छ ।

%d bloggers like this: