Tue. Apr 30th, 2024

कुरा फिल्म ‘इच्छा’का मुहूर्तको हो । आसन ग्रहण गराउने क्रममा तलमाथि प¥यो । कार्यक्रम शुरु गर्नुअघि नै पुगेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीलाई अतिथीको आसन ग्रहण गराउन आयोजकले भुल्यो । उनी फिल्मसम्बन्धि टीभी कार्यक्रम चलाउने भएकाले अतिथिका रुपमा नभइ सञ्चारकर्मीका रुपमा कार्यक्रममा बोलाइएकोले पनि हुनसक्छ, सुरुमै आसन ग्रहण गराइएन । त्यसपछि मनोज रिसाए, सबै दर्शक र पत्रकारहरुसरह ग्रहण गरिरहेको आसनसमेत त्यागेर उठिरहे । कलाकार संघ अध्यक्ष नवल खड्का ढिलो आए । नवललाई आसन ग्रहणका लागि बोलाएपछि मनोज रिसाएको थाहा पाएरै आयोजकले उनीलाई पनि अतिथीका रुपमा बोलायो । उनी आसन ग्रहण गर्न गएनन् । माइकनेर गएर निर्मातालाई सोधे, ‘विमा गर्नुभएको छ ?’ खाइलाग्दो ज्यानका मनोजले यसरी साधेपछि निर्माताको पाइन्ट भिज्न सुरु गरिसकेको हुनुपर्छ । तर, उनले तुरुन्तै थप बोले, ‘प्राबिधिक साथीहरुको विमा नगराएर सुटिङ नथाल्नुहोला ।’ उनले आफूलाई ढिलो अतिथिको आसन ग्रहण गराउनु सम्पूर्ण प्राबिधिकको अपमान भएको पनि बताएका थिए । मुनाल घिमिरेले निर्देशन गर्न लागेको फिल्म ‘ईच्छा’को मुहूर्त कार्यक्रममा यस्तो भएको हो । कार्यक्रममा फिल्मका कलाकार दयाहाङ राई, सुवास थापा र शिखा शाहीले मुहूर्त शट दिएका थिए ।

%d bloggers like this: