Thu. Apr 18th, 2024
पूर्वघोषित निर्माताबाट अलग्गिएका निर्देशक निश्चल बस्नेतको दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा निर्माता र कलाकार तय भएका छन् । फिल्मलाई यसैका लेखक खगेन्द्र लामिछाने र रबीन्द्र बानियाँले निर्माण गर्ने भएका छन् । गुमेको पहिचानलाई पुर्नस्थापित गर्न एकजना पात्रले गरेको संघर्षलाई लिएर फिल्म बन्न लागेको हो । फिल्मलाई लेखक खगेन्द्र लामिछाने र रबीन्द्र बानियाँले निर्माण गर्ने  ‘टलकजंग भर्सेस् टुल्के’ निश्चलकै फिल्म निर्माण कम्पनी ब्ल्याक हर्ष र षट्कोण आर्टको सहकार्यमा बन्ने भएको छ । फिल्मको छायांकन पोखरा नजिकैको धिताल गाउ र काठमाडौंमा हुनेछ । असोज ५ गतेबाट सुटिङ शुरु हुने फिल्म ‘टलकजंग भर्सेस् टुल्के’लाई पुरुषोत्तम प्रधानले खिच्ने भएका छन् । अष्ट महर्जनले फाइट डाइरेक्सन, ब्याकग्राउण्ड म्यूजिक जेशन कुवँर र एडिट निमेश श्रेष्ठले गर्नेछन् । फिल्ममा खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशान्त मैनाली, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, रजनी गुरुङ र राज थापा लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।
%d bloggers like this: