Tue. Apr 30th, 2024

बेलायती फिल्म उद्योग प्रतिष्ठित बाफ्टा (ब्रिट्रिस एकाडेमी फिल्म अवार्डस्मा) फिल्म ब्वाइहुडले तीन विधामा उपाधि जितेको छ। दुईहप्तापछि हुने ओस्कार अवार्डमा पनि दावेदार मानिएको ब्वाइहुडले उत्कृष्ट फिल्म, निर्देशक र सहअभिनेत्री विधामा अवार्ड जितेको हो। रिचार्ड लिंकलेटरले निर्देशन गरेको फिल्म उमेरसँगै परिवर्तन हुने विषयवस्तुमा आधारित छ। कुनै पनि कलाकारहरु परिवर्तन नगरी १२ वर्ष लगाएर सिनेमा खिचिएको बताइएको हो।

%d bloggers like this: